मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

पूर्व मिसनेपाल सेकेण्ड रनर अप भारतीय सिरियलमा

फिल्मीखबर, काठमाडौं, 2015/08/23

सन् २०१० की मिस नेपाल सेकेण्ड रनर अप सन्युक्ता तिम्सिनाले भारतको सोनी टेलिभिजनबाट प्रसारण हुने ‘२०२५ जाने क्या होगा आगे’मा मुख्य भूमिकामा अभिनय गर्दै टेलिभिजनमा डेब्यु गर्ने भएकी छिन् ।

 

साइफाइ श्रेणीको सो सिरियलमा सन्युक्ताले कम्प्युटर जिनियसको भूमिका निर्वाह गर्नेछिन् जसले कम्प्युटरको सहायताले आफ्नी मरेकी आमालाई बचानेछिन् । २०२५मा हुनसक्ने समाजको अवधारणमा तयार भएको सिरियललाई सन्जिब शर्मा र विपुल डि शाह मिलेर निर्माण गरेका हुन् ।

 

शो यही महिनाको ३१ देखि मंगलबार देखि शुक्रबार सम्म प्रसारण हुन्छ ।  सदिक्षा श्रेष्ठ मिस नेपाल बन्दा सन्युक्ता सेकेण्ड रनर अप बनेकी थिईन् । सहाना बज्राचार्य फस्ट रनर अप थिइन् । सेकेण्ड रनर अपको विजेताको हैसियतले सन्युक्ताले मिस इन्टरनेसनलमा सहभागिता जनाएकी थिइन् । भारतमा बस्दै संघर्ष गर्दै आएकी सन्युक्ताले अन्ततः टेलिभिजनमा ब्रेक पाएकी हुन् । यसअघि उषा पौडेलले समेत सोनीबाटै प्रसारण हुने ‘अदालत’मा सानो तिनो भूमिका निर्वाह गर्ने गरेकी थिइन् ।