Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

अक्षय कुमारलाई फाप्यो २०१५

एजेन्सी, मुम्बई, 2015/08/23

बलिउड अभिनेता अक्षय कुमारलाई बर्ष २०१५ खुबै फापिरहेको छ । यो बर्ष उनको ३ वटा फिल्म प्रदर्शनमा आइसकेका छन् । जसमा बेबी, गब्बर इज ब्याक र ब्रदर्स छन् । यो बर्ष उनको ‘सिंग इज ब्लिङ्ग’ प्रदर्शन हुन बाँकी रहेको फिल्म हो ।

 
३ वटा फिल्म प्रदर्शनमा आएपनि सबैले उत्कृष्ट व्यापार गरिरहेका छन् । फिल्म ‘बेबी’ र ‘गब्बर इज ब्याक’ले सय करोड कमाउन नसके पनि छेऊछाऊमा पुगेर राम्रै मुनाफा दिएका थिए । यी दुबै फिल्ममा अक्षयको खुबै तारिफ पनि भयो । दुबै फिल्मको व्यापार ७० करोड भन्दा माथि छ ।


गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ब्रदर्स’ले पनि पहिलो सातामा ७२ करोड कमाएको छ । फिल्मले सय करोड कमाउने अपेक्षा गरिएको छ ।करण मल्होत्राको निर्देशनमा करण जोहरले निर्माण गरेको यो फिल्मको व्यापारले अक्षयलाई यो बर्षका सफल अभिनेतामा राखिदिएको छ ।

 

हुनत, बलिउडका अन्य अभिनेताहरुका फिल्मले तीन सय करोड भन्दा माथिको व्यापार पनि गरिरहेका छन् ।अक्षयको यो बर्ष कुनै पनि फिल्मले सय करोड कमाएका छैनन् । तर, बर्षमा ४ वटा सम्म फिल्म प्रदर्शनमा आउने अक्षयका सबै फिल्मले निर्मातालाई राम्रै रकम झोलीमा हालिदिएका छन् ।

Most Visited News (monthly)