अभिनेत्री रेखा थापाले शनिबार छुट्टै खालको सरप्राइज पाइन् । ललित ब्यूटिसियन बहुउद्देशिय सहकारी संस्थाले आयोजना गरेको ‘तीज माइती मेला २०७२’ कार्यक्रममा रेखा सम्मान थाप्न गएकी थिइन् तर शनिबार नै जन्मदिन परेकी रेखालाई आयोजकले केक समेत काट्ने व्यवस्था गरिदिए ।

करिब ५ सय ब्युटिसियनका बीच रेखाले केक काट्दै आफ्नो जन्मदिन मनाइन् । अभिनेत्री थापाले केक काट्दै अन्य अभिनेत्री र उपस्थित पाहुनाहरुलाई खुवाइन् । शनिबारबाट ३२ बर्षमा प्रवेश गरेकी रेखाले सोही मन्चबाटै महिलाहरुलाई सशक्त बन्न अपिल गरिन् । रेखाको साथमा अभिनेत्रीद्धय प्रियंका कार्की र नम्रता श्रेष्ठलाई पनि ललित ब्युटिसियन सहकारी संस्थाले सम्मान गरेको थियो ।
समाजसेवामा योगदान पुर्याएको भन्दै हाँस्य जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई पनि संस्थाले सम्मान गर्यो । गायिका जुनु रिजालको साथमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने महिलाहरु पनि कार्यक्रममा सम्मानित भएका थिए । कार्यक्रमका प्रमुख अतिथी बाणिज्य तथा आपूर्ती मन्त्री सुनिल बहादुर थापाले सम्मानितहरूलाई सम्मान पत्र प्रदान गरेका थिए ।


ललित ब्युटसियन सहकारी संस्था ब्युटिसियनहरु मिलेर खोलिएको सहकारी हो । जसमा सयौ ब्युटिसियनरु आवद्ध छन् । यो सहकारीले विभिन्न समयमा सामाजिक सेवाको विविध कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा नृत्यांगना रोमा न्यौपानले विभिन्न गीतमा नृत्य गरिन् । एक खुट्टाले नृत्य गर्ने रोमाको नृत्य देखेर सबै चकित भएका थिए । नायिकात्रयलाई उपस्थित महिलाहरु फोटो खिच्न भन्दै घेरेका थिए । कार्यक्रम हलबाट अभिनेत्रीहरुलाई निस्कन मुश्लिक परेको थियो ।
महिलाहरुको महान् पर्व तीज नजिकिदै गर्दा महिलाहरुलाई कलाकारसँग भेटाएर पर्व मनाएको आयोजक संस्थाकी अध्यक्ष मीना न्यौपाने रिमालको भनाई छ । सम्मानित हुने सबैले आयोजक संस्थालाई विशेष धन्यवाद दिए ।
यो संस्थाले हरेक बर्ष यस किसिमको कार्यक्रम गर्दै आएको छ । गत बर्ष अभिनेत्री करिष्मा मानन्धर, दीपाश्री निरौला, गायिका इन्दिरा जोशीलगायतलाई सम्मान गरेको थियो ।ललित ब्यूटिसियन सहकारी संस्था सौन्दर्य व्यवसायी महिलाहरूको पहिलो सहकारी संस्था हो ।
थप फोटोहरू हेर्न यहाँँ क्लिक गर्नुहोस् Lalit Beautician Teej Event 2072

