Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जोडी साहरुख र आलियाको

एजेन्सी, मुम्बई, 2015/08/20

यो खबर आफैमा रोचक छ, किनकी आफ्नी छोरी सरहकी अभिनेत्री आलिया भट्टसँग अभिनेता साहरुख खानले पर्दा शेयर गर्ने भएका छन् ।करण जोहरले निर्माण गर्न लागेको फिल्ममा आलिया र साहरुख एकसाथ देखिन लागेका हुन् । करणले ट्विटरबाट यो कुराको जानकारी दिएका हुन् । फिल्मलाई गौरी सिन्देले निर्देशन गर्दैछिन् ।

 


सिन्देले यसअगाडि फिल्म इङ्लिस विङ्लिस निर्देशन गरेर खुबै चर्चा पाएकी थिइन् । उनै गौरीले कम उमेरकी यूवती र धेरै उमेरका पुरुषको कथालाई रोचक तबरले पर्दामा प्रस्तुत गर्न लागेकी हुन् ।करण जोहरको धर्मा प्रोडक्शनसँग साहरुख खानको रेड चिल्लीले मिलेर यो फिल्मको निर्माण गर्न लागेको हो । साहरुखसँग काम गर्न पाएपछि आलिया पनि खुबै खुशी देखिएकी छिन् ।

 

आफू समानका अभिनेतासँग रोमान्स गर्दै करिअर सुरु गरेकी आलिया बिस्तारै पाका अभिनेताको अपोजिटमा देखिन थालेकी छिन् । साहिद कपुरसँग जोडी बनाएको आलियाको शानदार पनि चाँडै नै प्रदर्शन हुन लागेको छ । साहिद पनि उमेरमा आलिया भन्दा झन्डै दोब्बर जेठा छन् ।

Most Visited News (monthly)