अनु शाह नेपाली फिल्म क्षेत्रमा वैकल्पिक अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनको चर्चा खासै नभएपनि उनले फिल्म भने पाइनै रहेकी छिन् ।अनुले अभिनय गरेका धेरै फिल्म सफल छैनन् । यसैले पनि उनको चर्चा कम भएको हुनसक्छ । उनै अभिनत्रीले अभिनय गरेको आशातित फिल्म भैरव अर्को साता प्रदर्शनमा आउँदैछ ।
फिल्ममा काम गर्दा उत्साहित देखिएकी अनु अहिले भने शान्त छिन् । फिल्मका निर्देशक तथा कलाकार निखिल उप्रेतीले मात्र चर्चा पाएपछि अनु फिल्ममा छिन् भन्ने पनि कमैलाई थाहा होला ।फिल्म चलेर आफ्नो करिअर माथि उकासिएला भन्ने सोचेकी अनुका लागि अहिले भैरवको व्यापार चमत्कार भएपनि खासै फरक नपर्ने देखिएको छ । कारण, फिल्मको प्रचारमा नदेखिएकी अभिनेत्रीले फिल्म चलेपछि हिट भयो भन्दै कराउनुको औचित्य रहदैन ।
अनुका लागि भैरव अहिले यस्तै बनेको छ । फिल्मको निर्माणपक्षले आफूलाई वास्ता नगर्दा प्रचारमा पनि हिड्न मन नलागेको अनुले बताइसकेकी छिन् । फिल्मको सार्वजनिक पहिलो ट्रेलरमा नदेखिएपछि अनु निर्माण यूनिटसँग रुष्ट बनेकी हुन् । तर, अनुको रुष्टतालाई निर्देशक निखिल उप्रेतीले पनि खासै वास्ता गरिदिएनन् ।
जसका कारण फिल्म नगरिमा उचाइमा नपुगेकी अनुका लागि भैरवको सफलता र असफलताले खासै फाइदा पुग्ने देखिएको छैन । फिल्म चलेको खण्डमा निखिल उप्रेतीको चर्चा फेरि फिल्म नगरिमा बढ्नेछ भने नचलेको खण्डमा उनलाई नै घाटा लाग्नेछ । अनुका लागि अहिले भैरव हात्ती आयो हात्ती आयो फुस्सा जस्तै देखिएको छ ।

