Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हनिमुन मनाउन साहिद मिरा लण्डनमा

एजेन्सी, मुम्बई, 2015/08/20

विवाह भएको महिना दिन भैसक्दा पनि हनिमुनका लागि पत्नी मिरालाई लिएर जान पाएका थिएनन्, अभिनेता साहिद कपुरले । साहिद विहे लगतै आफ्नो रियालिटी शो झलक दिखलाजामा व्यस्त बने । यो शोमा साहिद जज छन् ।


यसैले पनि साहिदले पत्नी मिरालाई कतै लिएर जान नपाएका हुन् । अब, भने यो जोडीले समय पाएको छ । साहिद र मिरा हनिमुनका लागि लण्डन तर्फ लागेका छन् । हनिमुनका लागि साहिद र मिरा सुरुमा युरोप जान चाहन्थे । तर, पछि विभिन्न कारणले उनीहरुले लण्डनलाई रोजेका हुन् । १५ दिन उनीहरु लण्डनमा रहनेछन् । साहिद झलक दिखलाजाका उद्घोष मनिष पलसँग खुशी नभएको पनि खुल्न आएको छ । बिहेको फोटो मनिषले सार्वजनिक गरिदिएपछि उनी मनिषसँग रिसाएका हुन् ।

Most Visited News (monthly)