Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ज्याकलिनले खोसिन् कट्रिनाको भाग

एजेन्सी, मुम्बई, 2015/08/19
बलिउड अभिनेत्री कट्रिना कैफको चर्चा खुबै छ । तर, उनले आफू भन्दा एक जुनियर कलाकारसँग हार खानु परेको छ ।
 
कट्रिना र अभिनेता ऋतिक रोशन अभिनित फिल्म 'बैंग बैंग'ले व्यवसायिक रुपमा सफलता कायम गरेको थियो । तर, अब यो फिल्मको सिक्वेल बन्दैछ । फिल्मको सिक्वेलमा कट्रिना कैफलाई दर्शकले देख्न पाउने छैनन् । 
 
यो फिल्ममा अब ज्याकलिन फर्नान्डेज खेल्ने भएकी छिन् । कट्रिनाको भाग खोस्दै यो हिट फिल्मको सिक्वेलमा अब ज्याकलिनले भाग खोसेकी हुन् । फिल्मलाई 'बैंग बैंग'का निर्देशक सिद्धार्थ आनन्दले नै निर्देशन गर्नेछन् ।
 
फिल्ममा अभिनेता ऋतिक रोशन पनि हुने संभावना कम छ । ऋतिक अर्को एक फिल्ममा व्यस्त भएकाले पनि उनले यो फिल्मलाई समय दिन नसक्ने भएका हुन् । फिल्मका लागि अभिनेता र खलपात्र दुबैको खोजी भैरहेको छ ।
Most Visited News (monthly)