Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

कंगना महंगी अभिनेत्री

एजेन्सी, मुम्बई, 2015/08/19
अहिले बलिउडमा दीपिका पादुकोण, करिना कपुर, प्रियंका चोपडा, कट्रिना कैफको चर्चा ज्यादा सुनिन्छ । तर, कमै मात्र मिडियामा आउने अभिनेत्री कंगना रनावत यी सबै भन्दा अगाडि देखिएकी छिन् । 
 
फिल्मलाई बक्स अफिसमा हिट बनाउने कुरामा त कंगनाले सबैलाई उछिनेकी छिन् नै अब उनले पारिश्रमिकमा पनि बाजी मारेकी छिन् । फिल्म 'तन्नु वेड्स मन्नु'का लागि कंगनाले ११ करोड पारिश्रमिक लिएको खुल्न आएको छ । 
 
यो बर्षको सर्वाधिक कमाउने फिल्म मध्येको एक 'तन्नु वेड्स मन्नु रिटन्र्स'बाट कंगनाको कामको तारिफ पनि खुबै भैरहेको छ । उनै कंगनाले ११ करोड पारिश्रमिक लिएर सबैलाई उछिनेकी छिन् ।
 
अभिनेत्री दीपिका पादुकोणले फिल्ममा काम गरेको ९ करोड लिने गर्छिन् । करिना कपुरले ८ करोड लिन्छिन् । यसैले पनि अन्य कुरामा त बलिउडका अभिनेत्रीहरुलाई उछिनेकी कंगनाले अब पारिश्रमिकमा पनि सबैलाई उछिनेकी छिन् । 
Most Visited News (monthly)