Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

`परदेशी`को गीत र प्रोमो रूचाईयो

फिल्मीखबर, काठमाडौं, 2015/08/19
बुधवार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म `परदेशी` को प्रोमो र दुई गीत पत्रकारमाझ देखाएको छ जसलाई उपस्थित सबैले रूचाएको पाईयो ।विजयादशमीको अवसर पारेर प्रदर्शनमा आउने यो फिल्ममा प्रशान्त तामाङ, नरेन खड्का, रजनी केसी, केशव भट्टराई मुख्य भूमिकामा छन् । कतार जाने नेपाली महिलाहरुको पीडा, शोषणको कथालाई फिल्मले उठाएको छ ।
 
कार्यक्रममा बोल्दै फिल्मका निर्देशक नारायण रायमाझीले नेपाली महिलाहरुले विदेश गएर भोगेको पीडा, दुख र शोषणालाई आफूले उठान गरेको बताए । राजेश वंशलसँग मिलेर रायमाझीले यो फिल्म बनाएका हुन् ।
 
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, संविधानविद् भिमार्जुन आचार्य, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले फिल्मलाई शुभकामना दिएका थिए ।
 
Most Visited News (monthly)