Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एकैपटकमा ५२ जना गुरुङ कलाकर्मी विरामी

रेम बिक, पोखरा, 2015/08/17
गुरुङ फिल्म एशोसियसन (जिफान) कास्कीको अधिवेशनमा खाना खाईसकेपछि ५२ जना गुरुङ कलाकर्मीहरु विरामी भएका छन् । उनीहरुको अहिले पोखरा र काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
 
 
५२ जना कलाकर्मीहरु पोखराको गण्डकी मेडिकल कलेज, पार्कल्याण्ड अस्पताल, मेट्रोसिटी अस्पताल, फिस्टेल अस्पताल, नमस्ते अस्पताल र केहि प्राईभेट क्लिनिकहरुमा उपचार गराईरहेका छन् । त्यस्तै ४ जना कलाकर्मीहरु काठमाण्डौको एउटा अस्पतालमा उपचार गराईरहेको जिफानले जनाएको छ । 
 
खाना खाईसकेपछि सबैजनालाई पखाला लाग्ने, वाकवाकी हुने र ज्वरो आउने गरेकोले उपचारको लागि अस्पताल लैजानुपरेको गुरुङ फिल्म एशोसियसन (जिफान) कास्कीका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ले बताए । ३० गते पोखराको नदिपुरस्थित नगर प्रशिक्षण केन्द्रको क्यान्टिनमा उनीहरुले खाना खाएका थिए । जिफान अधिवेशनको क्रममा बन्दशत्रको कार्यक्रम नगर प्रशिक्षण केन्द्रको हलमा राखिएको थियो । 
 
३० गते दिउँसो १२ बजे नगर प्रशिक्षण केन्द्रमा करिब १ सय ५० जनाले विहानको खाना खाएका थिए । खाना खाएका मध्ये सबैजना विरामी भएपनि अरुको अवस्था अहिले सामान्य नै रहेको निर्देशक कृष्णकुमार गुरुङले बताए । ‘कस्तो अचम्म भयो भने खाना खाएका कोहि पनि विरामी नपरेको भन्ने छैन ।’ कृष्णकुमारले भने–‘नगर प्रशिक्षणको क्यान्टिनमा खाएको खानाकै कारणले यस्तो भएको हो भन्ने हामीले ठम्याई गरेका छौँ ।’ कमसल खाना खुवाएको कारणले कलाकर्मीहरु ‘फुड पोईजन’को शिकार भएको अस्पतालहरुले समेत बताएका छन् । 
 
नगर प्रशिक्षण केन्द्र भित्र नारायण श्रेष्ठले क्यान्टिन चलाउँदै आएका छन् । यद्यपी श्रेष्ठ भने कलाकर्मीहरु आफ्नो क्यान्टिनमा खाना खाएर विरामी भएको बारे बेखबर रहेको बताए । उनले थपे–‘त्यहि पनि हामीले खुवाएको खानाको कारणले उहाँहरु यसरी विरामी भएको भन्ने कुरा म मान्न तयार छैन ।’ आफुले गुणस्तरको खाना खुवाउने दाबी गर्दै अहिलेसम्म यस्तो खालको घटना कहिल्यै नभएको उनले बताए । उनले भने–‘तलमाथी के भयो भन्ने मलाई थाहा छैन । उनीहरु राती १० बजेसम्म त चुनावकै क्रममा यहाँ बसेका थिए । त्यसपछि के भयो मलाई थाहा छैन ।’
 
क्यान्टिनले ४ सय रुपैयाँको दरमा विहानको ब्रेकफास्ट र खाना जिफानको टोलीलाई खुवाएको थियो । 
 
Most Visited News (monthly)