Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

५ महिना फुर्सदिला आर्यन | जीवन र सविन व्यस्त

फिल्मीखबर, काठमाडौं, 2015/08/17
भुकम्पपछि केही समय चुपचाप बसेका नेपाली फिल्मका फिल्मीकर्मी अहिले भने छायांकनमा व्यस्त छन् । फिल्मको छायांकन भएपछि कलाकार पनि व्यस्त हुने नै भए ।
 
तर, नेपाली फिल्म नगरीका सर्वाधिक चर्चित र व्यस्त अभिनेता आर्यन सिग्देल भने ४ महिनादेखि फुर्सदिला छन् । उनले छायांकनको सेट नदेखेको ४ महिना भयो । वैशाखदेखि खाली भएका आर्यन सम्भवत असोज १ गते अगाडिसम्म फुर्सदिला नै बन्नेछन् । असोज १ गतेबाट उनले नै निर्माण गर्न लागेको फिल्म 'क्लासिक'को छायांकन सुरु हुनेछ ।
 
आर्यनले 'नाई नभन्नु ल ४', 'मारिना' लगायतका फिल्ममा काम गर्ने चर्चा थियो । तर, 'मारिना'को छायांकन कहिले सुरु हुन्छ पक्का छैन भने 'नाई नभन्नु ल ४' मा उनी नहुने पक्का भैसकेको छ ।
 
आर्यनले भुकम्पपछि एउटा विज्ञापनमा राम्रै रकम लिएर काम गरे । आर्यन फुर्सदिला बनिरहेका बेल अभिनेता जीवन लुईटेल र सविन श्रेष्ठ भने व्यस्त छन् । जीवनले फिल्म 'बाजिगर' र 'रिफ्यूजी'को सुटिङ सकेका छन् । अहिले उनको फिल्म 'काफल पाक्यो'को ट्रेलरका कारण पनि चर्चा भैरहेको छ ।
 
सविन पनि विभिन्न फिल्मको काममा निरन्तर व्यस्त छन् । भुकम्प गएको केही दिनमै फिल्म 'लक्ष्य'को छायांकनमा उनी पुगेका थिए । यही विचमा उनले फिल्म 'भाग् सानी भाग्'को छायांकन सके । यो बाहेक उनी अहिले पनि छायांकनमा नै व्यस्त छन् । चर्चामा रहेका अन्य अभिनेताको व्यस्तता सामान्य रूपले अगाडी बढेको छ । 
Most Visited News (monthly)