विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुक अफ द वल्र्डमा नाम लेखाएका सौगात बिष्टको नेपालका मात्र नभई जापानमा पनि प्रशंसा भएको छ । जापानमा शनिबारबाट सुरु भएको सिनोओकुवो फिल्म फेस्टिबलमा सौगात निर्देशित फिल्म 'लभ यू बाबा' प्रदर्शन गरिएको थियो ।
.jpg)
८ बर्षको उमेरमा नै फिल्म निर्देशन गरेर विश्वलाई नै चकित बनाएका सौगात निर्देशित फिल्म 'लभ यू बाबा' बाबु र छोरीको कथामा समावेश फिल्मलाई मन छुने तबरले बनाएको भन्दै उनले तारिफ पाएका हुन् ।
सौगातले अब आफूलाई एक्सन फिल्म निर्देशन गर्न मन लागेको बताए । सौगातकी आमा तथा फिल्मकी निर्मात्री संझना पोख्रेलले सानैबाट हरेक कुरालाई सुक्ष्म रुपमा ग्रहण गर्ने बानी भएकाले सौगातले फिल्म निर्देशन गर्न सकेको बताइन् ।
फिल्म हेरेपछि जापानीहरुले सौगातको निर्देशकिय पाटोका बिषयमा गम्भिर रुपमा चासो राखेका थिए । यो महोत्सवमा नेपालीसँगै कोरिया, चीन, थाइल्याण्ड लगायतका देशका फिल्म प्रदर्शन भएका छन् ।

