Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`पीकु` उत्कृष्ट फिल्म

एजेन्सी, मुम्बई, 2015/08/17
हालै मात्र अष्ट्रेलियाको मेलवर्नमा आयोजना गरिएको मेलवर्न इन्डियन फिल्म फेस्टिबलमा बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म 'पीकु'लाई उत्कृष्ट फिल्मको अवार्ड दिइएको छ ।
 
यस्तै, निर्देशक सुजित सरकारलाई उत्कृष्ट निर्देशक र इरफान खानलाई उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ । फिल्म 'दम लगा के हैसा'की अभिनेत्री भूमी पेडणेकरलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको छ । उनले आफू यो अवार्ड पाएर खुबै खुशी भएको प्रतिक्रिया दिएकी छिन् ।
 
फिल्म 'पीकु'मा अमिताभ बच्चन र दीपिका पादुकोण मुख्य भूमिकामा छन् । तर, दुइलाई भने कुनै अवार्ड मिलेन । यसैबर्ष प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा पनि राम्रो व्यापार गरेको थियो ।
Most Visited News (monthly)