फिल्मको रुपमा समेत आउन लागेको लेखक सुविन भट्टराईको उपन्यास ‘समरलभ’ अंग्रेजीमा अनुवाद भएको छ । अभिनेत्री प्रियंका कार्कीले अंग्रेजी संस्करणको शनिबार पोखरामा बिमोचन गरेकी थिइन् । प्रियंकाले पुस्तब विमोचन समारोहमा बोल्दै ‘समर लभ’मा अग्र्यानिक स्वाद पाएको अनुभव सुनाइन् ।

‘पुस्तक पढिरहँदा मलाई कतै पनि अनुवादित हो जस्तो लागेन । अंग्रेजीमै लेखिएको हो जस्तो लाग्यो । नेपाली मै पनि प्रशस्त पढिएको उपन्यासको अनुवाद आउनुले पुस्तक कति लोकप्रिय रहेछ भन्ने स्पष्ट हुन्छ,’ कार्कीले भनिन् ।दुई वर्ष अघि प्रकाशित पुस्तक सिनेमाको स्वरुपमा पनि आउँदैछ । निर्देशक विकास आचार्यले पुस्तकको फिल्म अधिकार किनिसकेका छन् । हाल लेखक स्वयंले पुस्तकलाई पटकथामा ढाल्ने काम गरिरहेका छन् ।

