बहिनी तनिषा मुखर्जीले अभिनय गरेको नाटक ‘द ज्यूरी’का लागि आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री काजोल पनि सहभागी थिइन् । तर, पत्रकार सम्मेलन चलिरहँदा काजोल विचमै उठेर हिडिन् ।
काजोल विचमै उठेर हिड्नुको कारण उनको मोबाइलमा बजेको घन्टी थियो । पत्रकार सम्मेलन चलिरहँदा काजोलले फोन उठाइन् । फोन उठाएपछि काजोल खुबै डराएको जस्तो देखिएकी थिइन् । उनले मिडियासँग माफी मागेर पत्रकार सम्मेलनबाट हिडेकी थिइन् ।
काजोलको फोन कसको आएको थियो भन्ने खुलेको छैन । उनले आफूले बहिनी तनिषाले अभिनय गरेको पहिलो नाटक हेरेको र त्यसमा तनिषाले निखारिएको अभिनय गरेको बताइन् । आफू बहिनीले अभिनय गरेको दोश्रो नाटक हेर्न आतुर रहेको काजोलको भनाई थियो । पत्रकार सम्मेलनमा तनिषाकी आमा तनुजा, अभिनेत्रीहरु जुही चावला, लारा दत्त, टेनिश खेलाडी महेश भूपती लगायत सहभागी थिए ।

