Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

ढुक्क हुन सकेकी छैनन् दीपा

फिल्मीखबर, काठमाडौं, 2015/08/11

फिल्म तथा टेलि सिरियल दुनियाँमा यति लामो समय बिताइसक्दा पनि अभिनेत्री तथा निर्मात्री दीपाश्री निरौला ढुक्क हुन सकेकी छैनन् । यसमाथि पहिलो फिल्म ‘छ एकान छ’ निर्माण गरेर सफल भैसकेकी दीपाको मन अझै स्थिर छैन ।


दीपाले सहकर्मी कलाकार दिपकराज गिरी र निर्मल शर्मासँग मिलेर बनाएको फिल्म वडा नम्बर ६ असोज १ गतेबाट हलमा लाग्दैछ । फिल्म प्रदर्शन मिति नजिक आउन थालेपछि दीपाको मनको ढुकढुकी बढ्न थालेको छ ।फिल्म ‘६ एकान ६’ बनाउँदा जती मन ढुकढुक भएको थियो भन्दा धेरै अहिले हुन थालेको दीपाले बताइन् । उनले ‘६ एकान ६’ बनाएपछि त अबका फिल्म बनाउन सजिलो हुने सोचेकी थिइनन् ।

 

तर, दोश्रो फिल्म बनाउँदा उनले सोचेजस्तो भएन । दीपाले फिल्म राम्रो बनेकोमा आफू ढुक्क भएपनि नचलुन्जेलसम्म मनको ढुकढुकी बढि नै रहने बताइन् । उज्ज्वल घिमिरेको निर्देशनमा बनेको यो फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, सिताराम कट्टेल, जितु नेपालको मुख्य भूमिका छ ।

Most Visited News (monthly)