Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

छविको किस्मतमा शिल्पा नै

फिल्मीखबर, काठमाडौं, 2015/08/11

निर्माता छविराज ओझाले निर्माण गर्न लागेको फिल्म ‘किस्मत २’ मा अभिनेत्री शिल्पा पोख्रेल नै मुख्य अभिनेत्री हुने पक्का भएको छ । निर्माता छवि ओझाले यो कुरा पक्का भएको बताए । उनले किस्मतको सिक्वेल भएपनि कलाकार नयाँ हुने बताए ।


फिल्म किस्मतमा रेखा थापा, आर्यन सिग्देल, विराज भट्ट मुख्य भूमिकामा थिए । तर, छविले पुराना कलाकार नलिने र नयाँलाई लिएर काम गर्ने बताए । फिल्मका लागि नयाँ २ जना अभिनेता हुने उनको भनाई छ । उनले आर्यन सिग्देलसँग पनि फिल्मका लागि कुरा भएको संकेत गरेका छन् ।


ऋषि लामिछानेले निर्देशन गर्ने यो फिल्ममा सामीप्य राज तिमल्सेनाले पटकथा लेखेका छन् । फिल्ममा संगीतकार अर्जुन पोख्रेलले संगीत भरेका छन् । छविले शिल्पाले नखेलेको खण्डमा अन्य अभिनेत्री लिने बताउँदै आएका थिए । तर, रेखा थापालाई लिएर हिट भएको किस्मतको सिक्वेलमा छविले आफूलाई मनपर्ने अभिनेत्री शिल्पालाई लिन लागेका छन् ।
अब, शिल्पाले रेखाको जस्तै हिट फिल्म दिन्छिन् कि दिन सक्दिनन्, फिल्म प्रदर्शन पछि थाहा हुनेछ ।

Most Visited News (monthly)