उनका समकक्षी धेरै हिरोहरु भिलेन बनेका छन् । आमिर शाहरुख, अक्षय सबैले पर्दामा भिलेन बन्ने अभिलाषा पूरा गरेका छन् । आमिरले धूम ३मा नेगेटिभ सेड भएको भूमिका निर्वाह गरेका थिए भने शाहरुखले बाजिगर, डर, डुप्लिकेट जस्ता फिल्ममा नेगेटिभ भूमिका निर्वाह गरेका छन् ।
सोही क्रमलाई निरन्तरता दिँदै सलमानले पनि किकको सिक्वेलमा नेगेटिभ भूमिका निर्वाह गर्नेछन् । तर फिल्ममा हिरो चैं को हुनेछ ? अफकोर्स सलमान नै हुनेछन् । अर्थात् सलमान किक २ मा हिरो तथा भिलेन दुवैको भूमिकामा देखिनेछन् । स्रोतका अनुसार सलमानले निर्देशक साजिद नाडियावालालाई डबल रोल वाला आइडिया सुनाएका थिए । साजिद पनि राजी भएपछि हाल धमाधम लेखन कार्यचलिरहेको छ ।
यसअघि शाहरुख खानले डुप्लिकेट, आमिरले धूम ३,अक्षय कुमारले अफलातुन र ऋषि कपुरले बोल राधा बोलमा हिरो भिलेनको भूमिका निभाईसकेका छन् ।

