आफूले अहिलेसम्म काम गरेका फिल्म मध्ये सबैभन्दा उत्कृष्ट फिल्म ‘लभ सब’ भएको भन्दै अभिनेता सलोन बस्नेत मोफसल पुगेका छन् । मोफसलका विभिन्न स्थानमा उनले फिल्मको प्रचार गरे ।
बाबु शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म टिचर हेर्न नारायणगढको गणेश हलमा पुगेका दर्शकको भिडमा उनी घेरिएका थिए । उनले दर्शकसँग फिल्मको प्रचार गरे । चितवनमै पत्रकार सम्मेलनको आयोजना गर्दै उनले ‘लभ सब’ को बारेमा जानकारी दिए । फिल्ममा उनी टोले गुन्डाको भूमिकामा देखिएका छन् ।
सलोन चितवनमा फिल्मको प्रचार गर्दै गर्दा अभिनेता संयम पुरी, अभिनेत्री करिष्मा श्रेष्ठ, निर्माता सुशिल पोख्रेल, कलाकार शिशिर भण्डारी काठमाण्डौमा व्यस्त छन् । उनीहरुले फिल्मको प्रचार यूवापुस्ता माझ गरिरहेका छन् । देवकुमार श्रेष्ठले निर्देशन गरेको यो फिल्मलाई सुशिल पोख्रेल र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् ।यो फिल्म कलाकारत्रय संयम पुरी, सलोन बस्नेत, करिष्मा श्रेष्ठका लागि नै विशेष छ ।

