Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

मंसीर १८ मा ‘चकलेट’ खान पाईने

फिल्मीखबर, काठमाडौं, 2015/08/04

कमेडियन निर्मल शर्मा निर्देशक तथा अभिनेत्री पूजना प्रधान निर्मात्री बनेको फिल्म ‘चकलेट’ले प्रदर्शन मिति तय गरेको छ । वितरण कम्पनी एफडीले वितरण गर्ने यो फिल्म आउँदो मंसीरको अठार गते रिलिज हुनेछ ।निर्देशक निर्मल शर्माले एफडीका पदाधिकारीसँग गरिएको सम्झौता फेसबुक मार्फत सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय भएको जानकारी बाँडेका हुन् ।

सडक बालबालिकाको कथामा आधारित फिल्म केही समय अघि हङकङमा समेत प्रिमियर भएको थियो । फिल्ममा आयुष्मान घिमिरे, पूजना प्रधान, सुमन गैरे,नम्रता झा आदिको अभिनय रहेको छ । फिल्मा अर्जुन पोखरेल, शिखर सन्तोष र रायन कार्कीको संगीत रहेको छ ।

Most Visited News (monthly)