बलिउडकी चर्चित अभिनेत्री सोनाक्षी सिन्हा अब अन्डरवल्र्ड दुनियाँका चर्चित डन दाउद इब्राहिमकी बहिनी बन्ने तयारीमा छिन् । पर्दामा सोनाक्षीले यस्तो भूमिका निर्वाहा गर्न लागेकी हुन् ।फिल्म ‘हसिना–द क्विन अफ मुम्बइ’मा सोनाक्षी मुख्य भूमिकामा निर्वाहा गर्नेछिन् । निर्देशक अपूर्व लखिया दाउदकी बहिनीको बिषयमा फिल्म बनाउने तयारीमा लागेका हुन् । हसिना दाउदकी निकै नजिक थिइन् । यो भूमिका गर्नका लागि सोनाक्षी पनि उत्साहित छिन् ।
सोनाक्षीले भनिन्–‘म लामो समयदेखि चाहन्थे कि कुनै बायोपिक मुभीमा काम गरौ । यो एक ठूलो मौका हो । यो चलचित्रको पटकथा राम्रो छ । मेरो भूमिका पनि दमदार छ ।’ यो भूमिका चुनौतीपूर्ण भएको भन्दै आफू तयार भएको सोनाक्षीले बताइन् ।

