Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोलको नेक्स्ट फिल्म ‘गाजलु’

फिल्मीखबर, काठमाडौं, 2015/08/04

निर्देशक हेमराज वीसीका मनपर्ने अभिनेता हुन् अनमोल केसी । ‘होस्टेल’ र ‘जेरी’मा हेमराज र अनमोलले एकसाथ काम गरे । यसपछि यी दुइले ग्याङस्टारको बिषयमा बन्न लागेको एक फिल्ममा काम गर्ने चर्चा थियो । तर, अहिले यो फिल्मको चर्चा सेलाएको छ । अब भने अनमोलले हेमराजकै निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘गाजलु’मा काम गर्ने भएका छन् । फिल्मका लागि अनमोल पक्का भएपनि अभिनेत्रीको खोजी धमाधम भैरहेको छ ।

 


फिल्मको बिषयवस्तुको बारेमा भने केही पनि खुलाइएको छैन । अभिनेता भूवन केसीले अनमोललाई लिएर‘ड्रिम्स’ बनाएपछि हेमराजको ‘ग्याङस्टार ब्लुज’ पछि सरेको थियो । अन्तमा ‘ग्याङस्टार ब्लुज’ लाई थाँती राख्दै हेमराज नयाँ नाममा फिल्म बनाउन लागेका हुन् ।  अनमोलविना हेमराजले निर्देशन गरेको फिल्म ‘सम्बोधन’ असफल भएको थियो ।

Most Visited News (monthly)