Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

भूकम्पको कथामा ‘कम्पन’

फिल्मीखबर, काठमाडौं, 2015/08/03

वैशाख १२ गतेको विनाशकारी भूकम्प पछिको अवस्था र भौतिक संरचनाको पुननिर्माणको विषयलाई लिएर फिल्म ‘कम्पन’ बनेको छ । दिनेश पौडेलले निर्देशन गरेको फिल्म अहिले पोष्ट प्रोडक्सनमा रहेको छ ।

 


निर्देशक पौडेलका अनुसार फिल्मको छायांकन काठमाडौं र सिन्धुपाल्चोकका भूकम्प प्रभावित गाउँमा गरिएको छ । ‘भूकम्पको कम्पनले मानिसमा सिर्जना गरेको डर र यसलाई सामान्य बनाउने उपायलाई समेटेर फिल्म बनाउने प्रयत्न गरेका छौं,’ निर्देशक पौडेलले भने, ‘फिल्मले दर्शकलाई भूकम्प र त्यसपछिको अवस्था कस्तो थियो भने कुरालाई पुनः सम्झाउनेछ ।’

 


फिल्ममा राजेश ढुंगाना, राजेन्द्र बस्नेत, पुस्कर राउत, अनु पराजुली आदि कलाकारले अभिनय गरेका छन् । हालसम्म रिलिज डेट फाइनल नभएको यो फिल्मलाई मंसिरमा ल्याउने तयारी भईरहेको निर्माता अनिल बुढाथोकीले बताए ।

Most Visited News (monthly)