तेश्रो सातामा आइपुग्दा पनि आफ्नो व्यापारलाई कमजोर नबनाएको सलमान खान निर्मित तथा अभिनित फिल्म ‘बजरंगी भाइजान’ले थुप्रै रेकर्ड बनाएको छ । फिल्मले आमिर खान अभिनित फिल्म ‘धुम ३’ को लाइफटाइम कलेक्शनलाई उछिनेको हो । ‘धुम ३’ ले भारतमा २ सय ८० करोडको नेट व्यापार गरेको थियो ।
तर, शनिबारसम्म आइपुग्दा २ सय ९२ करोड कमाउँदै सलमान खान अभिनित ‘बजरंगी भाइजान’ले आमिर खानको ‘धुम ३’ को रेकर्ड उछिनेको हो । अब, यो फिल्म अहिलेसम्मकै भारतको दोश्रो सर्वाधिक कमाउने फिल्म बनेको छ ।
गतबर्ष प्रदर्शनमा आएको फिल्म ‘पीके’ले ३३३ करोडको नेट व्यापार गर्दै भारतमा अहिलेसम्मकै सर्वाधिक कमाउने फिल्मको सूचीमा आफूलाई नम्बर १ मा राखेको छ । फिल्म ‘बजरंगी भाइजान’ले ‘पीके’को रेकर्ड व्रेक गर्ने संभावना भने न्यून छ । यो फिल्मलाई अझै ४१ करोडको व्यापार गर्नुपर्ने हुन्छ, जुन संभव देखिएको छैन ।
तर, आमिर पछि भारतमा ३ सय करोड कमाउने अभिनेताको सूचीमा सलमान दोश्रो स्थानमा पर्ने भने पक्का भएको छ । यो फिल्मको लाइफटाइम व्यापार ३ सय ५ देखि १० को हाराहारीमा हुने विश्लेषकहरुको अनुमान छ ।

