मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 3.30/5.00)
Text size:-
+
-

फाइनल भए ‘नाई नभन्नू ल’का हिरो

फिल्मीखबर, काठमाडौं, 2015/07/30

अन्ततः मोडल पल शाह  ‘नाई नभन्नू ल’ सिरिजको चौथो शृंखलाको मुख्य भूमिकाका लागि फाइनल भएका छन् । हजारभन्दा बढी अनुहारबाट निर्माण टोलीले पललाई मुख्य भूमिकाका लागि उपयुक्त ठानेको हो ।


निर्देशक बिकास आचार्यले स्क्रिृप्टले खोजिरहेको अनुहारमा पल नै उयुक्त देखिएकाले मुख्य अभिनेताको खोज टुंग्याएको जनााएका छन् । ‘ कथाले इनोसेन्ट र चकलेटी अनुहार खोजेको थियो । पलमा ति विशेषता देखेपछि उनलाई नै लिने निर्णय गरेका हौ । उसमा सम्भावना पनि छ ,’ आचार्यले भने ।करिब दुई वर्षदेखि म्युजिक भिडियोमा मोडलिङ गर्दै आएका पलले डेढसय भन्दा बढी म्युजिक भिडियो खेलेका छन् ।


मुख्य भूमिकाका लागि हिरो तय भएपनि हिरोइन भने अझै खोजिरहेको निर्देशक आचार्यले बताएका छन् । आउँदो हप्ताभरिमा हिरोइन पनि तय गरि उनीहरुलाई आवश्यक प्रशिक्षणका लागि पठाउने आचार्यले बताए । आचार्यले यो पटकको कलाकार खोजबाट आफूहरुले अनौठो अनुभव सँगालेको बताएका छन् । ‘धेरै मानिसमा लहडमा कलाकार बन्ने सोच देखें । यस्तो सोचले न कलाकारको भविष्य बन्छ न फिल्म उद्योग,’ आचार्यले भने ।