मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा केकीको स्वागत | फगमा हुनेछ धमाका

सुमन गैरे, क्यालिफोर्निया, 2015/07/30
अमेरिकाको क्यालिफोर्नियास्थित सानफ्रान्सिस्कोमा हुन गईरहेको 'ग्लोबल फिल्म फेस्टिभल'मा सहभागी हुन अभिनेत्री केकी अधिकारी आज बुधवार नेपालबाट सानफ्रान्सिस्को आईपुगेकी छिन् । उनको साथमा फिल्मकर्मी सुरेश दर्पण पोखरेल पनि आईपुगेका छन् ।
 
 
 
केकी र सुरेशलाई फेस्टिबलमा ग्लोबल लिडर प्रकाश थापाले स्वागत गरे । केकी र सुरेशले यहि अगस्ट ७ देखि १६ तारिखसम्म हुन लागेको फेस्टिभलमा नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्नेछन् । यस्तै अभिनेता सुनिल थापा, अभिनेत्री नन्दिता केसीले पनि उक्त फेस्टिभलमा सहभागी जनाउने छन् । 
 
नन्दिता केहि साता अगाडी नै अमेरिका आईसकेकी छिन् भने सुनिल थापा केहि दिनमा आईपुग्ने फेस्टिभल लिडर थापाले जानकारी दिए । उनका अनुसार उक्त फेस्टिभलमा दिलिप रायमाझी, निरज बराल, राजबल्लभ कोईराला, शुशांक मैनाली लगायतका सेलिब्रेटीको पनि उपस्थिती भने 'टाटा बाई बाई', 'तुलसी', 'सेक्रिफाईज नेभर डाईज', 'साँघुरो', 'सेलफोन'ले नेपाली फिल्मको प्रतिनिधित्व गर्नेछन् ।  
 
 
अभिनेत्री केकी र नन्दिताले फेस्टिभलमा बिशेष प्रस्तुती दिने प्रकाशको भनाई छ । उनका अनुसार फेस्टिभलमा हलिउड र बलिउडका चर्चित सेलिब्रेटीको सहभागिता रहनेछ । हलिउड र बलिउडका चर्चित सेलिब्रेटीमाझ नेपाल र नेपाली कलासंस्क्रिती झल्काउने गीतमा आफूहरूको प्रस्तुती रहने केकीले जानकारी गराईन् ।