मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

हर्षालीको पढाई खर्च सलमानले बेहोर्न

एजेन्सी, मुम्बई, 2015/07/29

‘बजरंगी भाईजान’ बलिउडमा नयाँ स्टार जन्माएको छ । ति स्टार अरु कोही नभएर फिल्म भित्र मुन्नीको अभिनय गर्ने हर्षाली मल्होत्रा हुन् । बोल्न नसक्ने बच्चीको रुपमा अभिनय गरेकी हर्षालीले फिल्म भित्र रहेका स्टार कलाकारहरु सलमान खान, नवाजुद्धिन सिद्धिकी र करिना कपुरलाई पनि अभिनयमा पछि पार्दै वाहवाही बटुलिरहेकी छिन् ।

 

दर्शकसँगै सलमान खानपनि हर्षालीको अभिनयबाट यत्ति प्रभावित छन् कि उनले हर्षाली पढाई खर्चनै बेहोर्ने घोषणा गरेका छन् । पिंकभिल्ला नामको वेभसाइटका अनुसार सलमानले फिल्मको नाफाबाट आएको एक करोड रुपैंया हर्षालीको पढाई खर्चका लागि प्रदान गरिसकेका छन् । हर्षाली हाल मुम्बईको सेभेन स्क्वाएर एकेडेमीमा पढिरहेकी छिन् ।


हर्षालीले यसअघि ‘प्रेम रतन धन पायो’ र ‘फितुर’ लागि गरिएको अभिनयको प्रस्ताव नकारेकी थिइन् । हर्षालीले ‘ बजरंगी भाईजान’मा अभिनय गर्नुअघि ‘कबुल है’ र ‘लौट आओ तृष्णा’ शीर्षकका टेलिफिल्ममा अभिनय गरेकी थिइन् । हर्षाली अहिले जम्मा ७ वर्षकी छिन् ।