मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरिदै नायक र नायिकाको परिभाषा

फिल्मीखबर, काठमाडौं, 2015/07/29

अभिनेता भन्ने वित्तिकै धेरैको आँखामा ह्यान्डसम लुक, सिक्स प्याक शरीर र चकलेटी अनुहारको चित्र नाच्छ । त्यसैगरी  अभिनेत्रीको हकमा पनि त्यस्तै कुरा लागू हुन्छ ।  मिलेको अनुहार, ठूला आँखा, सेक्सी फिगर ।


तर, अब विस्तारै नेपाली फिल्ममा अभिनेता र अभिनेत्रीको परिभाषा फेरिन थालेको छ । मंगलबार चलचित्र विकास बोर्डले वितरण गरेको राष्ट्रिय चलचित्र पुरस्कारले पनि यो भाषामा केही फेरबदल ल्याइदिएको छ । मंगलबार शीतल निवासमा आयोजना भएको राष्ट्रिय पुरस्कार समारोहमा १४ वर्षिया संगम विष्ट अभिनेत्री नम्रता श्रेष्ठसँग कुरा गर्दै थिइन् । सोही बेला उद्घोषकले संगमको नाम लिएर र उनले ‘लव यु बाबा’बाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएको घोषणा गरे ।

 

संगमले अवार्ड पाउँदा धेरैले नम्रतालाई पुलुक्क हेरे । उत्कृष्ट अभिनेत्री हुनका लागि आकर्षक जिउडाल र मिलेको फिगर भएर मात्र कहाँ पुग्यो र ? संगमले पाएको पुरस्कारले यही कुराको संकेत ग¥यो । संगमसँगै अवार्ड पाएकी अभिनेत्री ऋचा शर्मा ‘टलकजंग भर्सेस टुल्के’बाट थरुनी यूवतीको भूमिकामा छिन् । पर्दामा कालो अनुहार, सारी लगाएर गाउँले जीवन जिएकी यी पात्र कतै पनि हिरोइन लाग्दिनन्  तर, उनलाई राज्यले उत्कृष्ट अभिनेत्री ठह¥यायो ।


चकलेटी अनुहारका धनी आर्यन सिग्देल, जीवन लुइटेल लगायतलाई उछिन्दै दयाहाङ राइले राष्ट्रपतिको हातबाट अवार्ड पाए । बाहिर निस्किएको पेट, सामान्य पहिरन, हिरोइजम नदेखिने अनुहार । तर, पनि दया उत्कृष्ट अभिनेता सावित भए । गतबर्ष हङकङमा आयोजित अवार्ड समारोहमा पनि उत्कृष्ट अभिनेतार्फ अर्पण थापाले अवार्ड पाएका थिए । जतिबेला, चलकेटी अनुहारका धनी आर्यन सिग्देल सो कार्यक्रममा सहभागी थिए । अवार्ड आयोजक र दर्शकले अहिले अनुहार भन्दा पनि अभिनय हेर्न थालेका छन् । यसैले अहिले नेपालमा अभिनेता र अभिनेत्रीको भाषा फेरिन थालेको छ ।