अमेरिका विश्वका विभिन्न देशका कलाकारको उपस्थितीमा हुन लागेको ग्लोब फेस्टिबलमा सहभागी हुन नेपाली फिल्म क्षेत्रकी अभिनेत्री केकी अधिकारी त्यहाँ पुगेकी छिन् । निर्देशक तथा चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोख्रेल र गायिका सुनिता दुलालको साथमा केकी अमेरिका पुगेकी हुन् । केकी अमेरिका उडेपछि विभिन्न खालका चर्चा नेपाली बजारमा सुनिन थालेका छन् । केकी अब अमेरिकाबाट नफर्किने चर्चा फिल्म बजारमा सुरु भएको छ ।
अभिनेत्री अधिकारीले भने आफू १ महिनामा नै अमेरिकाबाट नेपाल फर्किने बताएकी छिन् । एनसेलसँग आफ्नो सम्झौता भएकाले १ महिनामा नै नेपाल फर्किने केकीको भनाई छ ।
निर्देशक सुरेश दर्पणले भने आफू दशैमा नेपाल आउने बताएका छन् । सुरेश दोश्रो पटक अमेरिका उडेका हुन् भने केकी पहिलो पटक उडेकी हुन् । अहिले अधिकांश नेपाली फिल्मका कलाकार अमेरिका पुगिरहेका छन् । अभिनेत्री नन्दिता केसी, अभिनेता दीलिप रायमाझी केही समय अगाडि मात्र अमेरिका पुगेका छन् ।

