Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

निर्देशक कमलकृष्णमाथि लाखौ ठगेको आरोप

फिल्मीखबर, काठमाडौं, 2015/07/16

फिल्म ‘रावण’ तथा ‘दमदार’का निर्देशक कमलकृष्णमाथि केही भारतीय कलाकारले लाखौ ठगेको आरोप लगाएका छन् । भारतको जागरण पत्रिकाले कमलकृष्णले लाखौ ठगेर भागेको समाचार प्रकाशित गरेपछि उनको ठगी बाहिर आएको हो ।

 

उनले बलिउडका अभिनेता आमिर खानका भाञ्जा भन्दै एक युवक अरहान खानलाई देखाउँदै फिल्म खेल्न चाहाने नयाँ कलाकारबाट पैसा लिएर भागेको समाचारमा उल्लेख छ । डेढमहिनासम्म सुटिङ गर्दा होटलमा बसेको पैसा नतिरेको र फिल्म खेलाईदिने भन्दै कलाकार बन्ने आकांक्षीसँग तीन लाख सम्म पैसा लिएर भागेको समाचारमा उल्लेख छ । प्रधाननगर थानामा ११ जना कलाकारले आफूहरु ठगिएको भन्दै उजुरी दिएपछि कमलकृष्णको ठगी बाहिर आएको हो ।

 

 

मुम्बइमा जोधा अकबर नामक सिरियलमा पनि काम गरिरहेका कमलकृष्णले कलाकार बनाइदिने भन्दै रकम लिएर फरार भएको आरोप लागेको हो । उनीहरु बिमल गेष्ट हाउसमा बसेका थिए । गेष्ट हाउसका मालिकले पनि कमलकृष्णमाथि उजुरी हालेका छन् ।

 

कमलकृष्णले सुरुमा ‘लव लस्ट लाइफ’ नाममा फिल्म बनाउन सुरु गरेपनि पछि नाम परिवर्तन गरी ‘मुम्बइया’ बनाएका थिए । कमलकृष्णको सोही फिल्ममा नृत्य निर्देशक शंकर बिसीले पनि नृत्य निर्देशन गरेका थिए र केही अनलाइनमा उनले बलिउडको फिल्ममा नृत्य निर्देशन गरेको समाचार बाहिरिएको थियो ।

Most Visited News (monthly)