Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सविनसँग व्यस्त हुँदा अनु निखिलसँग टाढा

फिल्मीखबर, काठमाडौं, 2015/07/16

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहको प्रेम चर्चा नेपाली फिल्ममा नयाँ होइन । बारम्बार प्रेमको चर्चामा घेरिएपनि सविन र अनु यो कुरालाई नकार्दै आएका छन् । तर, फिल्मीकर्मी भन्छन् अनु र सविनविचको प्रेमको हल्ला गलत होइन ।


सविन र अनु अहिले फिल्म ‘लक्ष्य’मा काम गरिरहेका छन् ।  ‘लक्ष्य’ फिल्ममा आफ्नो मुख्य भूमिकामा भएको अनुको तर्क छ । तर, जे भएपनि अनु र सविनको यो फिल्मको छायांकन अझै धेरै बाँकी छ । सविनसँग व्यस्त हुँदा अनुले अभिनेता निखिल उप्रेतीलाई समय दिन भ्याएकी छैनन् ।

 


फिल्म ‘भैरव’को प्रचार भैरहँदा अनु भने यसबाट टाढा छिन् । निखिलले भैरवको प्रचारमा हिड्न र अन्र्तवार्ताका लागि पुग्न भनेपनि अनु ‘लक्ष्य’का कारण सकिरहेकी छैनन् । हुनत, ट्रेलरमा नअटाएका कारणले पनि अनुलाई केही असन्तुष्टी पक्कै होला । तर, फिल्ममा काम गरेपनि खासै चम्कन नसकेकी अनुका लागि ‘भैरव’ विशेष छ । तर, सविनसँग व्यस्त हुँदा उनले निखिलसँग टाढा हुनु परेको छ ।

Most Visited News (monthly)