Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

बेलैमा श्रद्धाको बिहे

एजेन्सी, मुम्बई, 2015/07/16

बलिउडमा आफ्नो अभिनय र विभिन्न स्क्यान्डलका कारण चर्चामा रहने कलाकार हुन् शक्ति कपुर । शक्तिकी छोरी श्रद्धा कपुर अहिले बलिउडमा चर्चित छिन् । उनले अभिनय गरेका कुनै पनि फिल्म असफल भएका छैनन् ।


तर, सफल अभिनेत्रीकी पितालाई भने छोरीको बिहेको चिन्ताले सताउन थालेको छ । शक्तिले छोरी श्रद्धाले चाडै नै बिहे गरुन् भन्ने चाहेका छन् । भर्खरै बलिउडमा प्रवेश गरेर करिअरको उचाइमा पुग्दै गरेकी श्रद्धाले अबको ३ बर्ष भित्र बिहे गरुन् भन्ने चाहना बाबु शक्तीको छ ।


यसको पछाडि कारण अर्कै छ । बलिउडमा आफ्नो करिअर ओरालो लागेपछि अभिनेत्रीहरु बिहे गर्ने तरखर गर्छन् । तर, शक्ति छोरी श्रद्धा ४० को उमेरमा पुगेपछि बिहे गरुन् भन्ने चाहदैनन् । उमेरमै बिहे गरेर अगाडि बढ्नुपर्छ भन्ने उनको सल्लाहा छ । तर, उनले यस बिषयमा छोरीलाई कुनै किसिमको दबाब भने नदिने बताए । ‘आशिकी २’बाट अभिनय थालेकी श्रद्धा हाल सोही फिल्मका अभिनेता आदित्य कपुरसँग रोमान्स गरिरहेकी छिन् ।

Most Visited News (monthly)