फिल्म भाग् सानी भाग्ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो फिल्मलाई माघे संक्रान्तीको बिदामा रिलिज गरिने प्रस्तुतकर्ता चेतन सापकोटाले बताए । उनका अनुसार फिल्म राम्रो बनेकाले बिदाको दिनमा रिलिज गर्दा निर्मातालाई पनि फाइदा हुनेछ । रिलिज मिति सार्वजनिक गर्दै यसको फस्टलुक पनि उघारिएको छ ।
अभिनेता सविन श्रेष्ठ र अभिनेत्री केकी अधिकारीले आफ्नो फेसबुक पेजबाट फिल्मको फस्टलुक सार्वजनिक गरेका हुन् ।नवल नेपालले निर्देशन गरेको यो फिल्म अभिनेत्री अधिकारीमाथि केन्द्रित छ । सानी नाम गरेकी एक यूवतीको रोचक कथामा फिल्म घुमेको प्रस्तुतकर्ता सापकोटाले बताए । फस्टलुकमा सविनले चलाएको साइकल पछाडि केकीलाई राखिएको छ ।

