अभिनेता जीवन लुइटेल र एक इन्सपेक्टरको झापाको वुधबारेमा झगडा परेको छ । झगडाले उग्र रुप लिएपछि जीवन इन्सेपक्टरसँग मुक्का मुक्कीमै उत्रिएका छन् । उदय सुब्बाले निर्देशन गरिरहेको फिल्म रिफ्यूजीका लागि यो दृश्य खिचिएको हो ।
रिस्ता बस्नेत, विपना बस्नेत, निर शाह लगायतका कलाकारले समेत अभिनय गरेको यो फिल्म शरणार्थी जीवन जिउने यूवाहरुको कथामा आधारित छ । निर्देशक सुब्बाले फिल्ममा राजनीतिक बिषय नउठाएको बताए ।
फिल्ममा अभिनेता लुइटेल शरणार्थीको नाइकेको रुपमा देखिएका छन् । शरणार्थी जीवन जिउँदा उकुसमुकुस भएपछि उब्जने विद्रोहको कथामा फिल्म निर्माण गरिएको छ । फिल्ममा मनोजराज वान्तवाको लगानी छ । करिब ७० प्रतिशत छायांकन सकिएको निर्माताले जानकारी दिएका छन् ।

