Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आनी छोइङले देखाइन् माला

फिल्मीखबर, काठमाडौं, 2015/07/13

फिल्म मालाको विशेष शो काठमाण्डौको क्यूज हलमा गरिएको छ । गायिका आनी छोइङ लामाले निर्माण गरेको सामाजिक संस्था आरोग्य फाउन्डेसनका लागि फिल्मको विशेष शो गरिएको हो । फिल्म हेर्नका लागि माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, कलाकार विजय लामा, अभिनेता आर्यन सिग्देल, अभिनेत्री गौरी मल्ल लगायत क्यूज हल पुगेका थिए ।



आनीले आफू नेपाली फिल्मको किरा भएको बताइन् । उनले माला हेरेपछि नेपाली फिल्मको स्तर वृद्धी भएकोमा खुशी व्यक्त गरिन् । अंगदानका लागि खुलेको यो संस्थाले रकम संकलनका लागि फिल्मको  विशेष शो गरेको हो । सुदिप भुपाल सिंहको निर्देशनमा बनेको यो फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सुमिना घिमिरे, प्रज्वल गिरीको मुख्य भूमिका छ । गतबर्षको चैत्र महिनामा प्रदर्शनमा आएको यो फिल्मले कमजोर व्यापार गरेपनि समिक्षकको तारिफ पाएको थियो ।

Most Visited News (monthly)