Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

असोज ८ मा कामचोर

फिल्मीखबर, काठमाडौं, 2015/07/13

फिल्म कामचोरले आफ्नो प्रदर्शन मिति फेरि तोकेको छ । जेठ १ गते प्रदर्शन हुने भनिएपनि भूकम्पका कारण यो फिल्मको प्रदर्शन मिति अनिश्चितकालका लागि सरेको थियो । ग्रिनहित भीएफएक्स मिडियाको प्रस्तुतीमा बनेको यो फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्म असोज ८ गतेबाट हलमा लाग्ने निर्देशक श्रेष्ठले जानकारी दिएका छन् ।

फिल्ममा अभिमानसिंह बस्न्यातको प्रस्तुती र प्रमोद गौचनको लगानी छ । फिल्ममा हर्षिका श्रेष्ठ, पुष्कर रेग्मी, रविन्द्र बस्नेत, एवन उप्रेती, रोहन श्रेष्ठ, बालदिप राई, काजल खनाल, अप्सना थापा, रविना दासको मुख्य भूमिका छ । फिल्मको एक गीतमा मोडल सगुन शाहीले पनि नृत्य गरेकी छिन् । यो गीतको बारेमा निर्देशक श्रेष्ठले सस्पेन्स राख्ने बताए । गीतमा सगुनको विशेष भूमिका भएपनि यसलाई अहिले नखुलाउने उनले बताए ।
 

Most Visited News (monthly)