अभिनेता तथा निर्देशक नीर शाहलाई नेपाल टेलिभिजन कलाकर्मी मन्चले लाइफटाइम अचिभमेन्ट प्रदान गरेको छ । शाहलाई सन्चारमन्त्री मिनेन्द्र रिजालले नगद एक लाख ११ हजार एक १ सय ११ रुपैँयाद्धारा सम्मान गरे । शाह नेपाल टेलिभिजनको संस्थापक अध्यक्ष हुन् ।
सम्मान ग्रहण गर्दै शाहले आफूले पाएको सम्मान टेलिभिजनको क्षेत्रमा काम गर्ने सम्पूर्ण जीवित तथा दिवंगत स्रष्टाका लागि समर्पण गरेको घोषणा गरे । गीत र नृत्यको प्रस्तुतिका बीच सम्पन्न कार्यक्रममा मन्चले प्रेम बानियाँ,ग्रिष्मा राजभण्डारी र आरती चटौतलाई विशेष योगदान सम्मान प्रदान गरेको थियो भने सोम धिताल, भुषण दाहाल,आरके मानन्धर, केसी क्रिएसन,पारिजात फिल्मस्, आमा सरस्वती मुभिज आदिलाई विशेष सम्मान प्रदान गरेको थियो ।
कार्यक्रममा सरोज खनाल, कृष्ण मल्ल, गणेश उप्रेति, कविता शर्मा, निरु खड्का, केदार घिमिरे आदिले नृत्य प्रस्तुत गरेका थिए भने इन्दिरा जोशीले गीत गाएर सुनाएकी थिइन् ।

