Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात र दयाहाङले माघमा फन्को लगाउने

फिल्मीखबर, काठमाडौं, 2015/07/12

फिल्म फन्कोले आफ्नो प्रदर्शन मिति तय गरेको छ । सुवर्ण थापाले निर्देशन गरेको यो फिल्म माघ १ गतेबाट प्रदर्शनमा आउने वितरक एफडी कम्पनीका प्रमुख प्रदिप उदयले बताए ।
फिल्म फन्कोलाई नरेन्द्र महर्जनले निर्माण गरेका हुन् ।

 

फन्कोले ४ जना पात्र र उनीहरुको चोरीको कथालाई उठाएको छ । निर्देशक सुवर्ण थापाले यसपटक आफूले फिल्मलाई व्यवसायिक बनाएको बताएका छन् । फिल्ममा अभिनेताद्धय दयाहाङ राई र सौगात मल्लको साथमा अभिनेत्रीद्धय प्रियंका कार्की र केकी अधिकारीले अभिनय गरेका छन् ।

 

गायिका इन्दिरा जोशीले फिल्ममा एक आइटम नृत्य पनि गरेकी छिन् । माघे संक्रान्तीको समयमा नेपाली फिल्महरु प्रदर्शनका लागि तछाडमछाड गरेको पाइन्छ । तर, अहिलेसम्म यो मितिमा फन्को मात्र आउने भएको छ ।

Most Visited News (monthly)