Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

साहरुखका कारण टाइगरलाई धक्का

एजेन्सी, मुम्बई, 2015/07/12

बलिउडका ३ खानसँग फिल्म जुधाउने हिम्मत जो कोहीले गर्दैनन् । फिल्म जुिधहाले पनि त्यसको असर निर्माता र कलाकारलाई परेको देखिन्छ । सायद, यही कारणले गर्दा होला साहरुखका कारण बलिउडका उदियमान कलाकार टाइगर श्राफलाई ठूलै धक्का लागेको छ ।


टाइगर श्राफ र श्रद्धा कपुरले अभिनय गरेको फिल्म वागी सन् २०१६ को अप्रिल १५ मा प्रदर्शनमा आउने पक्का भएको थियो । यो मितिमा प्रदर्शनमा आउने फिल्मलाई अब भने ठूलै धक्का लागेको छ । अब, यो फिल्मका निर्माताले प्रदर्शन मिति २ साता पछि सारिदिएका छन् । यसको मुख्य कारण साहरुख खानको फिल्म फ्यान हो ।


फिल्म फ्यानले आफ्नो प्रदर्शन मिति सन् २०१६ को अप्रिल १५ लाई तोकेपछि वागीका निर्माता पछि सरेका हुन् । साहरुखको फ्यान फिल्मको टिजर सार्वजनिक भएसँगै  यसले तहल्का मच्चाएको छ । जसलाई मध्यनजर राख्दै वागीका निर्माताले फिल्म रिलिज पछि सारेका हुन् ।

Most Visited News (monthly)