Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`हलिउडमा कसैले पनि पत्याएनन्` : सरोज खनाल

फिल्मीखबर, काठमाडौं, 2015/07/11

अभिनेता सरोज खनालले दर्शकको माया पाउन आफू फेरि फर्किएको बताएका छन् । राजधानीको सर्वनाम थिएटरमा फिल्म निर्देशक राजेन्द्र शलभसँग अन्तक्र्रियामा सहभागि हुँदै अमेरिकामा सबै थोक भएपनि दर्शकको मायाको अभाव भएका कारण नेपाल फर्किएको बताए ।

 

अभिनयमै आफ्नो जीवन रहेको बताउँदै उनले अमेरिकामा हलिउड फिल्ममा छिर्ने प्रयास गरेको पनि अनुभव सुनाए । ‘हलिउड फिल्ममा पनि अभिनयका लागि प्रयास गरेको थिएँ तर कसैले पनि पत्याएनन् । शून्यबाट सुरु गर्नुपर्ने रहेछ । फेरि त्यति झन्झट गर्न मन लागेन,’ खनालले भने ।

 

‘म यहाँबाट आर्थिक अभावले अमेरिका गएको थिएँ तर त्यहाँ बसिरहँदा सदा त्यो  भन्दा ठूलो अभाव महसुस गरिरहें । त्यो अभाव दर्शकको माया थियो । नेपाल फर्कने मुख्य कारण यही हो,’ खनालले भने । उनले भूकम्पपछि सामाजिक सञ्जालमा देखिएको एउटा फोटोले तत्कालै नेपाल फर्कन प्रेरित गरेको पनि बताए ।

 

‘भूकम्पपछि सामाजिक सञ्जालमा कुनै युवतीको फोटो देखें जसले लगाएको टिसर्टमा मैंंले नगरे कसले गर्ने  आज नगरे कहिले गर्ने लेखेको थियो । त्यो वाक्यले असाध्यै छोयो र तत्कालै नेपाल फर्किएँ ।’ उनले कार्यक्रममा दर्शकसँग अन्तक्र्रिया गर्दै नेपाल आउनुको कारण बताए ।

 

उनले शनिबारै ५ मिनेटको एकल अभिनय प्रस्तुत गर्दै आफू अभिनयमा फर्किएको पनि उद्घोष गरे । उनले अशेष मल्लले लेखेको नाटकमा कलाकारको अभिनय र पारिवारि बाध्यतालाई एकल प्रस्तुतिमा समेटेका थिए ।  नेपाल फर्किएपछि फेरि पहिलेझैं उनलाई रङ्गमञ्च र फिल्म अभिनयमा फर्कने मन छ । उनले मञ्चबाटै आफ्ना लायक हुनै भूमिका भए सम्झन आग्रह गरे ।

 

‘फेरि अमेरिका फर्कन नपर्ने गरी आएको छु । आजबाट अभिनय सुरु गरें । यसलाई नाटक वा फिल्म जहाँपनि निरन्तरता दिन तयार छु । लायकको रोल छ भने सम्झनु होला,’ खनालले भने ।

Most Visited News (monthly)