Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैत्र २६ को किचलो सुरु

फिल्मीखबर, काठमाडौं, 2015/07/11

हरेक बर्ष नेपाली फिल्मका लागि चैत्रको अन्तिम साता आकर्षणमा रहन्छ । निर्माताहरु चैत्र २६ लाई प्रदर्शन मिति तोकेर चर्चामा आउँछन् । हरेक बर्ष चैत्रको अन्तिम सातामा नयाँ बर्षलाई हेरेर ४ देखि ५ वटा सम्म फिल्मको प्रदर्शन मिति तोकिन्छ ।



यो बर्ष पनि चैत्र २६ गते पर्ने शुक्रबारको किचलो सुरु भएको छ । यो बर्ष ५ वटा फिल्मले यो मितिमा प्रदर्शनमा आउने तयारी थालेका छन् । यी सबै फिल्म चैत्रसम्म पुग्दा हलमा लाग्दैनन् र प्रदर्शन मिति पछि सार्छन् ।

 

निर्माता छविराज ओझाको किस्मत २, निर्माता तथा निर्देशक विकास आचार्यको नाई नभन्नु ल ४, अर्जुन कुमारको निर्माणमा बन्न लागेको फिल्म चपली हाइट २, गोविन्द शाहीको फिल्म कहाँ छौ कहाँ २ र रेखा थापाको ब्यानरमा बन्न लागेको फिल्म रामप्यारीले चैत्र २६ लाई प्रदर्शन मिति तोकेका छन् ।नेपाली फिल्ममा कुनै महत्वपूर्ण मितिमा प्रदर्शन मिति तोकेर चर्चा कमाउने शैली पुरानै हो । तर, पनि यी ५ वटै फिल्म प्रदर्शनमा आएको खण्डमा यो भिडन्तले सबै निर्मातालाई पछार्नेछ ।

Most Visited News (monthly)