Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेफ्टा अवार्ड तयारीका लागि आयोजक कतारमा

फिल्मीखबर, काठमाडौं, 2015/07/10

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी र महासचिव अनन्त तिमिल्सिना आठौ नेफ्टा फिल्म अवार्डको तयारीका लागि कतार पुगेका छन् । अन्तरराष्ट्रिय कलाकार मञ्च, कतारसँग सहकार्य गर्दै नेफ्टाले यो बर्ष कतारमा अवार्ड आयोजना गर्न लागेको हो । यसअघि अवार्ड कार्यक्रम मलेसिया र हङकङमा सम्पन्न भैसकेको छ ।

 



कतारमा भव्य स्वागत पाएपछि अध्यक्ष केसी र महासचिव अनन्त तिमिल्सिनाले खुशी व्यक्त गरे । उनीहरुले कतारमा अवार्डको तयारी जोडतोडका साथ भैरहेकाले अवार्ड भव्य हुनेमा दुइमत नरहेको बताए । अध्यक्ष केसीले अवार्डको तयारी देखेर आफूहरु पनि छक्क परेको बताए ।



उनीहरुले कतारमा अवार्ड आयोजना हुने हल र तयारीको बारेमा जानकारी लिनेछन् । उनीहरु सोमबार नेपाल फर्कने र नेपालमा अवार्डको तयारीमा लाग्नेछन् । अहिले नेफ्टा अवार्डका लागि धमाधम चलचित्र हेर्ने काम भैरहेको छ ।

Most Visited News (monthly)