Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेशसँग रोमान्स गर्दै सृष्टि

फिल्मीखबर, काठमाडौँ, 2015/07/09

हिन्दी फिल्म ‘ज्याकपट’को एउटा गीतमा अभिनय गरेर भिडियोमा देखिएकी पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ फेरि एकपटक हिन्दी गायक तथा संगीतकारको गीतमा देखिने भएकी छिन् । सृष्टि गायक तथा संगीतकार सलिम मर्चेन्टको आवाजमा रेकर्ड भएको नेपाली गीतमा अभिनेता रेश मरहठ्ठासँगै म्युजिक भिडियोमा देखिन लागेका हुन् ।

 

मुम्बईमा रहेका संगीतकार प्रमोद तिमल्सिनाको संगीतमा तयार भएको गीतको  रिबेल क्रिएसनले भिडियो तयार गर्न लागेको हो । विभोर पोखरेलको निर्देशनमा बनिरहेको भिडियोको छायांकन हाल चितवनका विभिन्न ठाउँमा भईरहेको छ ।


सृष्टिले पहिलो पल्ट म्युजिक भिडियोमा अभिनय गरेकी हुन् । नेपाली फिल्ममा अभिनयका लागि सुनिल पोखरेलसँग अभिनय प्रशिक्षण समेत लिएकी सृष्टिले केही समय पहिले निगम श्रेष्ठको फिल्म खेल्ने चर्चा चलेपनि खबर चर्चामै मात्र सीमित रहेको छ ।

 

त्यसैगरी सृष्टिलाई अभिनेता भुवन केसीले पनि हाल सुटिङका क्रममा रहेको ‘ ड्रिम्स’मा अनमोलको अपोजिट खेलाउने सोच बनाएका थिए तर पर्दामा अनमोल र सृष्टिको उमेर अन्तर देखिने भन्दै उनले फिल्ममा नयाँ हिरोइन लिएका थिए । अभिनेता रेश मरहठ्ठा भने फिल्म ‘च्यालेन्ज’को रिलिज तयारी गरिरहेका छन् ।

 


 

Most Visited News (monthly)