Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीर शाहलाई टेलिभिजन मञ्चको दीर्घ साधना सम्मान

फिल्मीखबर, काठमाडौं, 2015/07/09

अभिनेता तथा निर्देशक नीर शाहलाई टेलिभिजन कलाकर्मी मञ्चले लाइफ टाइम अचिभमेन्ट प्रदान गर्ने भएको छ । मञ्चले बिहीबार पत्रकार सम्मेनल गर्दै शाहलाई प्रदान गर्ने घोषणा गरेको हो ।  नगद १ लाख १ हजार सहितको  सम्मान मञ्चले आइतबार प्रज्ञाप्रतिष्ठानको हलमा एक कार्यक्रमको आयोजना गर्दै प्रदान गर्नेछ ।



पत्रकार सम्मेलनमा मञ्चले टेलिभिजनको क्षेत्रमा काम लामो समय योगदान गरेका तीन जनालाई विशेष सम्मान गर्ने जानकारी गरायो । मञ्च अध्यक्ष दीपाश्री निरौलाले अवार्ड गर्ने योजना थाँती राखेर सम्मानको कार्यक्रम गर्न लागेको जानकारी गराईन् ।कार्यक्रममा टेलिभिजनमा योगदान गर्ने आठ जना कलाकर्मी तथा टेलिभिजन कार्यक्रमलाई ‘विशेष योगदान’ र टेलिभिजनसँगै जोडिएका दुई संस्थालाई ‘संस्थागत सम्मान’ प्रदान गरिनेछ ।


त्यसैगरी टेलिभिजनबाट प्रसारण भएका कार्यक्रमहरु मध्येबाट ११ वटा कार्यक्रम वा कलाकर्मीलाई पनि पुरस्कृत गरिने दीपाश्रीले जानकारी गराइन् । गीत संगीत तथा हास्य कलाकारको प्रस्तुति रहने कार्यक्रममा कलाकारको नाम भने सार्वजनिक गरिएन ।

उपाध्यक्ष श्रीप्रसाद थापाले कार्यक्रममा प्रस्तुति दिने कलाकारको नाम जानी जानी गोप्य राखिएको बताए । उनले भने,‘ नपत्याउने मान्छेले नाच्दै गरेको देख्नु हुनेछ । हास्य प्रस्तुति पनि त्यस्तै हुनेछ । कार्यक्रम हेर्न आउने मान्छेलाई सरप्राइज होस् भनेर नाम बाहिर नल्याएका हौं, ’ थापाले भने । बेलुकी ५ बजेबाट सुरु हुने कार्यक्रम नेपाल टेलिभिजन र एनटिभी प्लसबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

 

Most Visited News (monthly)