भदौ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘लभसभ’ले आफ्नो प्रोमो सार्वजनिक गरेको छ । त्रिकोणात्मक प्रेम सम्बन्धमा बनेको फिल्ममा पनि सोही अनुसारका दृश्यको प्राथमिकता छ । फिल्ममा संयम पुरी र सलोन बस्नेतले करिष्मा श्रेष्ठलाई मन पराएका छन् ।
फिल्ममा शिशिर भण्डारी, केके अधिकारी, अर्चन राईका मख्य भूमिका रहेको छ । फिल्ममा साम्तेन भुटियाको पटकथा, कृष्ण श्रेष्ठ छायांकन सुशील पोखरेलको सम्वाद, विपिन मल्लको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन र हिमाल केसीको फाइट रहेकोछ । फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा सुशील पोखरेल र नरेन्द्र महर्जनको लगानी रहेको छ ।
हेर्नुस् प्रोमो

