मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीलिपलाई नेपालबाटै अमेरिकाको ग्रिनकार्ड

फिल्मीखबर, काठमाडौं, 2015/07/09

एकपछि अर्का कलाकार अमेरिका जाने क्रम बढेको छ । अमेरिकाले अहिले सहज रुपमा भिसा दिएपछि कलाकारहरु एकपछि अर्को अमेरिका गइरहेका छन् । अमेरिका गएका धेरै नेपाली कलाकार फर्किएको उदाहरण छैन । अभिनेत्री अरुणिमा लम्साल केही समय अगाडि ग्रिनकार्ड पाएरै अमेरिका हानिइन् ।



अब, यसरी नै ग्रिनकार्ड पाएर अमेरिका जाने कलाकारको सूचीमा अभिनेता दीलिप रायमाझी पनि परेका छन् । दीलिपले नेपालबाटै अमेरिकाको ग्रिनकार्डको एप्लाई गरेका थिए । उनले ग्रिनकार्ड पाएको केही समय भएपनि लुकाएका थिए । उनी केही दिनमै अमेरिका पुग्नेछन् । उनले अझै केही कागजपत्र बनाउन बाँकी रहेको बताए ।



नेपाली फिल्म नगरीमा कुनै समय खुबै चर्चामा रहेपनि दीलिप अहिले भने सेलाएका थिए । उनले अभिनय गरेका विधुवा र लोग्ने मान्छेले पनि गतिलो व्यापार गरेको थिएन । पत्नी मञ्जुको आग्रहमा दीलिपले ग्रिनकार्ड एप्लाई नेपालबाटै गरेका हुन् । नेपाली फिल्म क्षेत्रमा क्रेज सेलाउँदै गएपछि दीलिपले पनि अमेरिकाको बाटो रोजेका हुन् ।