बलिउड कलाकारका फ्यान अचम्मका छन् । झन्, बलिउडका ३ खानका फ्यानहरुले त उनीहरुका लागि जे पनि गर्छन् । एक फ्यानले साहरुखका लागि यस्तै आफ्नो पागलपन देखाएका छन् ।
सीसीटीभी र सुरक्षाकर्मीको घेरामा रहने बलिउडका वादशाह साहरुख खानको घर बाहिरको पर्खालमा एक फ्यानले यस्तै पागलपन देखाएका छन् । गौरव नाम गरेका एक फ्यानले साहरुखको घर बाहिर ठूला अक्षरमा उनीप्रति प्रेम देखाएका छन् । साहरुख आफ्नो चलचित्र ‘दिलवाले’को छायांकनका लागि अहिले वुल्गेरियामा छन् ।
गौरव नाम गरेका फ्यानले साहरुखको घर बाहिर लेखिदिए, आई लभ यू साहरुख, सी यू १५’ । उनले १५ को मिति किन तोके भन्ने बारेमा प्रहरीले अहिले सीसीटीभी फूटेजबाट अनुसन्धान गरिरहेको छ । बुल्गेरियामा रहेका साहरुखले फ्यानले लेखेको यो प्रेम थाहा पाएपछि आफू अचम्ममा परेको बताए । उनले तिमी आफ्नो घर केही दिनका लागि छाड्न सक्दैन, यदि कसैले यसरी प्रेम गर्छ भनी भन्दै ट्विट गरेका छन् । साहरुखका फ्यानले देखाएको यो प्रेम आशक्तीले अहिले मिडियामा खुबै चर्चा पाइरहेको छ ।

