५ बर्षपछि नेपाली फिल्म क्षेत्रमा फर्किएका अभिनेता निखिल उप्रेती स्टारडम अझै घटेको छैन । निखिलको चलचित्रको डेट र त्यसको वरिपरि अन्य निर्माताले फिल्म चलाउन सकेका छैनन् । मल्टिप्लेक्स केन्द्रित रेशम फिलिलीले निखिलको भैरवसँग भदौ ११ मा जुध्ने तयारी गरेको छ ।
तर, यसले दुबै फिल्मलाई खासै असर नगर्ने विश्लेषण गरिएको छ । तर, भदौ १८ मा खाली डेट हुँदा हुँदै पनि कुनै निर्माताले फिल्म चलाउन सकेका छैनन् ।यसको मुख्य कारण निखिलको फिल्मले इनिसियल व्यापार गर्छ भन्ने हो । निखिलको फिल्मसँग डराएर कुनै पनि फिल्मले भदौ १८ मा प्रदर्शन मिति तोक्न सकेका छैनन् ।
निखिलले नै अभिनय गरेको फिल्म लुटेरा तिहारमा प्रदर्शनमा आउँदैछ । लुटेरासँग पनि अहिलेसम्म कुनै फिल्म जुध्ने सोचमा छैनन् । जबकी, दशैमा ३ वटा फिल्म एकआपसमा जुध्दै छन् ।निखिल उप्रेतीको स्टारडम अहिले पनि नगुमेको र दर्शकले उनलाई नै पर्दामा हेर्छन् भन्ने सोच नेपाली निर्माताको छ ।

