मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डको मापदण्ड लफडा फेसबुकमा

फिल्मीखबर, काठमाडौं, 2015/07/06

चलचित्र विकास बोर्ड फिल्म बनाउनका लागि ल्याएको मापदण्डको बिषयमा अहिले विभिन्न खालका बहस भैरहेका छन् । यस्ता खालका बहसले अहिले संचारमाध्यम त तातेका छन् नै । फिल्म क्षेत्रमा यो मापदण्ड लागू भएसँगै २ कित्ता पनि देखिएको छ । लामो समयदेखि फिल्म बनाउँदै आएका निर्माता तथा निर्देशक बोर्डको मापदण्डको पक्षमा देखिएका छन् भने फिल्म क्षेत्रमा नयाँ प्रयोग गर्नुपर्छ भन्नेहरु यसको बिपक्षीमा देखिएका छन् ।



बोर्डले ल्याएको मापदण्डको लफडा अहिले सामाजिक संजालमा छ्यापछ्याप्ती देखिन थालेको छ । कुनै एक मेकरले लेखेको स्टाटसमा विवाद गर्ने क्रम पनि बढेको छ । निर्माता रविन्द्र बानियाँले फेसबुकमा आफ्नो विचार व्यक्त गरे । उनले नयाँ निर्माताको लगानीमा गिद्दे दृष्टी लगाउनका लागि मात्र यो मापदण्ड ल्याइएको होइन भन्दै लामो स्टाटस कोरे । उनको स्टाटसमा समर्थन र विरोधका दुबै स्वर सुनिएका छन् ।



रविनन्द्र मात्र होइन, धेरै फिल्मीकर्मीका लागि अहिले बोर्डको मापदण्ड बहसको बिषय बनेको छ । फेसबुकमा देखिएको विवादमा आफ्नो तर्क राख्नेमा बोर्डका सदस्य समेत रहेका सुरे दर्पण पोख्रेल अगाडि छन् । उनले मापदण्डको बचाउ गर्दै फेसबुकमा आएका विभिन्न खालका विरोधको स्टाटसमा आफ्नो भनाई राखिरहेका छन् ।



बोर्डको मापदण्डको बिषयमा फेसबुकमा आएको बहसलाई हेर्दै अब यस बिषयमा एउटा गोलमेच सम्मेलन नै चलाउन आवश्यक देखिएको छ । केही फिल्र्मीकर्मीले त बोर्डलाई ज्ञापनपत्र वुझाउने तयारी नै गरेका छन् ।