मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खगेन्द्रसँगै बर्षा

फिल्मीखबर, काठमाडौं, 2015/07/06

अभिनेत्री बर्षा सिवाकोटीले फिल्म पशुपति प्रसादमा काम गर्ने पक्का भएको छ । फिल्मका लागि उनी लिडिङ लेडीको रुपमा पक्का भएकी हुन् । दिपेनद्र के खनालले निर्देशन गर्न लागेको यो फिल्ममा खगेन् लामिछाने मुख्य भूमिकामा छन् । खगेन्द्रकै कथा रहेको फिल्मले पशुपति प्रसाद नाम गरेका एक पात्रको बिषयलाई देखाउन लागेको हो ।



फिल्मको छायांकन अब सुरु हुने भएको छ । निर्माता माधव वाग्लेले बर्षालाई रोजेका हुन् । फिल्ममा अभिनेत्रीलाई सस्पेन्स भूमिकामा देखाइनेछ । जसका कारण पनि बर्षाको जस्तो फेस अरु अभिनेत्रीमा नभएकाले सिफारिश गरिएको वाग्लेले बताएका छन् । वाग्ले पुराना नाम चलेका अभिनेत्रीबाट पनि खासै सन्तुष्ट छैनन् ।

 

फिल्मको काममा पुराना अभिनेत्रीले धेरै दुख दिने कारणले पनि उनले बर्षा रोजेको श्रोतले बतायो । फिल्म नाई नभन्नु ल २ मा बर्षाले काम गरेपनि उनले यसपछि फिल्म पाएकी थिइनन् । उनले जीवन लुइटेलसँग मिलेर काम गर्ने भनेको रामलिला फिल्म पनि बन्न सकेन ।